Sunday, January 25, 2009

ऊनिलाइ

सोचेथे यही होला जिन्दगी तिमी सँग बिताउने पलहरू अनी त्यो सुखै सुखको सागरमा पोउडीएर यो दुई दिने यात्रा पार गर्नु पर्ने ति रमाइला क्षणहरू । अनि फुलै फुलको डालिसरी लर्केको उमङ बोकेर जिन्दगीको आभास् लाई परिभासीत गर्ने सोचहरु ।पक्कै पनि सोचे जस्तो जीवन देखे जस्तो जीवन पुरा हुन्छन होला यो सपनाको संसारमा ।
लाग्छ कहिले काही त यो बेकार्को जिन्दगी केही नगरि बसोउ जस्तो तर पनि यो पापी मन सम्हालदै अरुलाई देखेर भए पनि मनहरु सम्हाल्नु परेको छ । हिजै जस्तो लाग्थ्यो त्यो रमाइला पलहरु उनि सगै बिताएको । तर त्यो दिन पनि १ साल भएछ मेरी सानु अनि म , त्यो क्षीतिजको लाली सँगै मिठा मिठा भाबनाका पलहरु साटासाट गरेको । लाग्छ अब त सबै हाम्रा ति साथीहरु पनि प्रतिक्षामा बसेकी होलीन ।ति हाम्रा मिठा मिठा मीलनका गफ अनि हामीभित्रको साचो माया अनि सम्हालेर राखेको चिनो रुपी सपनाहरको सफलता हेर्न को लागि । पक्कै मेरा भनाहरुले भन्दा पनि उन्को यक्लो आभास्ले कुनै साथी पाउनेछ अनि त्यो अतितका पलहरु झै सपनाको घरलाई यथार्तमा सकार पार्ने छ ।
पक्कै पनि त्यो मेरी सानुको आँखाले सोचेको क्षण भन्दा पनि बढी दिन सकु । यही सोच, हरेक मान्छेको जीवनमा सुख मात्र हुँदैनन दु:ख पनि हुनुपर्दछ । तेसैले दुःख पछिको सुख नै सुखान्तको सुरूवात हो । प्रतिक्षा गर अबस्य त्यो तिम्रो आँखाले, त्यो यक्लो घायल मुटुले साथ पाउने छ । अनि रमाइलो संसारमा एउटा रथको दुई पाङ्रा झै एक आपसमा सुख दु:खका साथ्,रमाइलोका साथ जीवन गुजारा गरुला । बस् यही हो तिम्रो यादमा लेखेको दुई शब्द जहाँ हजारु गल्ती हुन सक्छ सम्हालेर कुनै मनमा रखिदिनु ता कि कुनै दिन यि मेरा शब्दहरुले ति तिम्रो मन्को भाबनालाई छुन सकोस् ।


No comments:

Post a Comment