Wednesday, August 11, 2010

सम्झनाका पलहरुलाई फर्केर हेरिदिदा

सिकारु जीको गजल

प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया

चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया

खोला नाला लेक बेसि गर्दै बित्ने क्षण फेरि

नदि बनि दोभानमा भेटिदैछ मेरी माया

झुपडिको सपनाले महल छुन नसकेनि

बर्षौ लाको तिम्रो चोलि फेरिदैछ मेरी माया

तिम्रो साथ तिम्रो काख मिठो साग सिस्नु सम्झी

क्षितिजको कालो बादल फोडिदैछ मेरी माया

लेखिदिन्छु मिलनको कथा अब यत्र तत्र

युगौ युगको प्रेमकथा कोरिदैछ मेरी माया 



मेरो तर्फ बाट

तिम्रो बाटो कुर्दा कुर्दै आसु सुक्न लागे मेरी माया

आझै कति कुराउने होऊ दोबाटोमा मेरी माया ,

हाम्ले माया सम्हालेको धेरै भयो मेरी माया

चोली फाटे के भो र नि सिलौला है संगै माया ...........