Tuesday, March 31, 2009

घुमघाम चर्चा

आज फेरी बगानमा बसन्तले बास छायो
भात्किएको सपनामा, किन फेरी आस जाग्यो ।

आज हुनत काम गरेर धेरै पोइसा कमाउने धोको बोकेर बिदेश आएको मान्छे तर पनि यो "देश गुनाको भेस् "भनेझै कहिले कही यसो छुट्टी पाईदो रहेछ । यही छुट्टीको अबसर पारेर रमाइलो चोक तिर मेरा पाईलाहरु अगाडी बडछ बस् घुमघामको लागि । आफु त यस्तो मान्छे सबै परिवार बाट टाढा धेरै टाढा एक्लो जीवन गुजारा गरी राखेको मान्छे ।खै के भनु , भनु भने पनि त्यस्तो पिर साट्न पाउने कुनै आधार छोइन । यस्तै हो कुनै बिदेशको शहरमा रमाउने चाहनामा निस्किएको यात्री सरह हासी खुशी बस्नु एउटा रहर भनु या बाद्ध्यता थियो म सँग । सबै साथीभाई हरु सँग हिडिउ रमाईला कुराहरु पनि गरिउ त्यही त होनी हल्का किनमेल गरेर आफ्नो बसस्थान तिर लम्कने तरखरमा थियौ हामी ।समयले पनि थोरै डाडा काटी सकेको थियो । तेसैले पनि हतार हतारमा बसको सिटमा बसेको मात्र के थियौ । एक्कासी मैले एउटा मान्छे बसमा कराएको देखे तर पनि मैले बिचार गरिन, किनभने यस्ता मान्छे यो शहरमा कति छन कति ड्राईबर सँग नचाँहीने कुराहरु गरेर समय खेर फाल्ने । तर त्यो मान्छे त्यस्तो ब्याक्ती थिएन । पहिले त उ उनको भाषामा केही भनिरहेको थियो । तर हामीबिचको कुनै ब्यक्तिले "WE CAN'T UNDERSTAND YOUR LANGUAGE" जब उनले यती मात्र के भनेको थियो । उसले त ईंग्लिश मै एक्स्प्लेन गर्न थाल्यो यसरी "This is me mohammed form saudi. Brother i'm a rich persion. I don't want to tell more.When my father was rich he had visit dubai.But when he went there he never cameback.May be he died there so when my father didn't come, my mother my six brother & four sister are worry about him.But Walla (GOD) my father never came.So my mother crack his mind now our all the situation we can't controll ourself.So please i need your help for my mother treatment. It's means he want's money but how he prepared for his mother wound.I surprised it's possible i ask one of my philipino friends ? He told me it's exagerating words .But I confused about this words. Somebody give him money also but i feel he is a lier man becouse he is like a healthy man,he can speak fluntly english so if his father was die he can managed.But he doesn't have same problems he needs money to survive.At last he went outside & laughing." म छक्क परे केही पनि सोचिन तेस्को बारेमा तर मेरो यो घायल मुटुमा केही तरङ तर्किरह्यो अनि मन मनै सोचे यो जिन्दगी भन्दा त केही राम्रो छ नि मेरो त जस्तो लाग्यो ।जब म तेस्लाई बिचार गरीरहेको थिए गाडीले पनि घन्टि बजाईरहेको थियो घर जानको लागि ।त्यसैले पनि मेरा नयनहरुले त्यो बिदाईको हात हल्लाई रहेको थियो । अन्तमा सोचे साचै त्यो सबैको भिख मागेर खानु भन्दा त यो बिदेशमा यक्लो नितान्त एक्लो जिन्दगी नै गुजार गर्नु राम्रो । मेरो यो पागल मन आँफै सँग दोधारिदै त्यो बसको गतिमै अगाडि बढीरह्यो बढीरह्यो बढीरह्यो ।

Friday, February 6, 2009

श्रीसँगको एक पल

"यस्तो पनि हुदो रहेछ जिन्दगीमा कहिलेकाही"
यही गीत जस्तै चल्दैछ हाम्रो जिन्दगी । कति सुन्दर अनि अकल्पनिए जिन्दगी छ हाम्रो हगी।यस्तो लाग्छ कि कहिलेकही त बर्सोउ नै चिन्ता बिना बसोउ जस्तो । खै सम्झेर ल्याउदा घरी घरी यो मन उराठीएर आउछ त कहिले यस्तो लाग्छ यो एउटा ज्यान हावासारी उडेर त्यही हावासँग बहकीन मन लाग्छ । कुरा हिजो आजको हो मेरो दोस्त भन्नु पर्ला मिस्टर श्री कृष्ण घले जी सधैं झै डिउटी पूरा गरी आउनु भयो अनि सधैं झै च्याटमा रमाउनु हुँदै थियो ।खुशी लग्थियो उन्को हासो देखेर म घरी घरी हेर्थे अनी मन मनमा मुस्कौदै यता ऊता गरी मेरो बेड्मा पल्टिन्थे । थाहा थियो उनी एउटा च्यटीन साथी सँग रमाइरहेको थियो । च्यटीग त एउटा नयाँ नाता जोडने बाहानाको मध्याम हो तर उन्को लागि त जीबन साथीको निर्णय गर्ने च्याट पो बनीदियो ।जीवनको मोड्मा हिड्दै जादा उन्ले त मेरो अगाडि नै कसम अनि कहिले नछुट्ने बाचा झै मोबाइल लिएर फोन गर्न थाल्यो ।
म अचम्भित भए ।सुनेथे माया भनेको कुरा सोचेर लाउनु पर्छ तर त्यो होइन रहेछ मान्छेहरु त रुप अनि बोइसमा नै प्रेम गर्दा रहेछन । पोइसा पनि एउटा यही कुरो रहेछ जहाँ मायाको भाषा अल्झेको हुदो रहेछ । धेरै बेर उनीलाई मेरो साथीलाई हेरे अनी सोचे जीवन साचै सफलताको पछाडी हिड्दा रहेछन । उनको हासोमा मैले पनि मुस्कान थपे एउटा साथीको नाताले म बस् भन्न चाहन्थे पोइसा तेसै नफाल त्यो त छेनिक हो तर म त्यो पनि भन्न सकिन बस् हासीरहे हासीरहे .................।

Sunday, January 25, 2009

ऊनिलाइ

सोचेथे यही होला जिन्दगी तिमी सँग बिताउने पलहरू अनी त्यो सुखै सुखको सागरमा पोउडीएर यो दुई दिने यात्रा पार गर्नु पर्ने ति रमाइला क्षणहरू । अनि फुलै फुलको डालिसरी लर्केको उमङ बोकेर जिन्दगीको आभास् लाई परिभासीत गर्ने सोचहरु ।पक्कै पनि सोचे जस्तो जीवन देखे जस्तो जीवन पुरा हुन्छन होला यो सपनाको संसारमा ।
लाग्छ कहिले काही त यो बेकार्को जिन्दगी केही नगरि बसोउ जस्तो तर पनि यो पापी मन सम्हालदै अरुलाई देखेर भए पनि मनहरु सम्हाल्नु परेको छ । हिजै जस्तो लाग्थ्यो त्यो रमाइला पलहरु उनि सगै बिताएको । तर त्यो दिन पनि १ साल भएछ मेरी सानु अनि म , त्यो क्षीतिजको लाली सँगै मिठा मिठा भाबनाका पलहरु साटासाट गरेको । लाग्छ अब त सबै हाम्रा ति साथीहरु पनि प्रतिक्षामा बसेकी होलीन ।ति हाम्रा मिठा मिठा मीलनका गफ अनि हामीभित्रको साचो माया अनि सम्हालेर राखेको चिनो रुपी सपनाहरको सफलता हेर्न को लागि । पक्कै मेरा भनाहरुले भन्दा पनि उन्को यक्लो आभास्ले कुनै साथी पाउनेछ अनि त्यो अतितका पलहरु झै सपनाको घरलाई यथार्तमा सकार पार्ने छ ।
पक्कै पनि त्यो मेरी सानुको आँखाले सोचेको क्षण भन्दा पनि बढी दिन सकु । यही सोच, हरेक मान्छेको जीवनमा सुख मात्र हुँदैनन दु:ख पनि हुनुपर्दछ । तेसैले दुःख पछिको सुख नै सुखान्तको सुरूवात हो । प्रतिक्षा गर अबस्य त्यो तिम्रो आँखाले, त्यो यक्लो घायल मुटुले साथ पाउने छ । अनि रमाइलो संसारमा एउटा रथको दुई पाङ्रा झै एक आपसमा सुख दु:खका साथ्,रमाइलोका साथ जीवन गुजारा गरुला । बस् यही हो तिम्रो यादमा लेखेको दुई शब्द जहाँ हजारु गल्ती हुन सक्छ सम्हालेर कुनै मनमा रखिदिनु ता कि कुनै दिन यि मेरा शब्दहरुले ति तिम्रो मन्को भाबनालाई छुन सकोस् ।


Monday, January 19, 2009

म मान्छे

कसैको कल्पना सम्झेर कल्पेको त होइन
बेदनाको भारी बोकेर हिंडे जस्तो त लाग्दैन
तर खै किन हो किन आज आसु झरे झै भयो
यो मन यक्कासी यकान्तमा गयर रोइ दिऊ दिऊ झै लाग्यो ।


आमाको काखमा हुर्केर बदेको म मान्छे
समाजमा खेली हात्तेमालो गरिरहेको म मान्छे
दु;ख र बेदनामा हास्न जानेको म मान्छे
तर खै किन हो किन आज बेदना नै भारी भारी भयो
त्यही साथ पायको समाज वीरसी दिऊ दिऊ झै लाग्यो ।।


सबैलाई आश्व्सन अनी भरोसा प्रदान गर्ने म मान्छे
अरुको दु:ख सुखमा साथ दिइ सहजता प्राप्त गर्ने म मान्छे
आसु र हसोभित्रको छाल्मा पोउदियको म मान्छे
तर खै किन हो किन आज,त्यही छाल पासो पासो झै भयो
अनि सबैलाई वीरसियर टाढा टाढा भाई जाऊ झै लाग्यो ।।।


संसारलाई हात्तेमालो गरी अगाडि वडाउने म मान्छे
जीबनको गोरेटोमा सबैलाई योगदान गर्ने म मान्छे
आज जीबन देखि नै हार खायको देख्दा
मेरो हावा रुपी प्राणा नै त्यगी दिऊ दिऊ झै लाग्यो
खै किन हो किन आज
मलाई पनि सबै आसु सुकाइ दिऊ दिऊ झै लाग्यो ।।।।


राई

Thursday, January 8, 2009

पहिलो यात्रा

जिन्दगीमा भन्नु पर्ला म यो गोरेटोमा हिंड्न चाहने मान्छे अनि यही समाजमा खेल्न र रमाउन चाहने तपाईंहरुको मित्र म किरणको तर्फबाट यो पहिलो भेटको सुइकारी दिनुहोला नमस्कार आज खै कसरी यहाँहरु समक्छ मेरा यि दाँयारिहरु कथित पानाहरुमा प्रस्तुत गरु म त्यस्तो साहित्य स्रस्ता त होइन तर पनि साहित्य प्रेमिको नाताले यहाँहरुमा उपस्थित हुने जमर्को गरेको छु । लाग्छ मैले यो मेरो पहिलो यात्रामा अबस्य नै मेर आफ्यानत मित्रहरुबाट सर सल्लाह पाउन सक्नेछु भन्ने पूर्ण आसा अनि भरोसा लियको छु ।

Sunday, January 4, 2009

दुई शब्द बाबाको सम्झनामा

खै आज नै परेछ पुष २१ गत्ते पनि, लाग्छ मलाई मेरो बाबाको काखमा लदिबुढी गरी खेलेको तर किन आज म यस्तो कुराहरुबाट टाढा धेरै टाढा हुँदैछु । अफसोच भन्नु पर्ला म अनि हाम्रो परिवारलाई छोडेर उहाको संसारमा रमाउनु भयको पनि ५ बर्ष भयछ । जिन्दगीको उकाली ओरलिहरुमा यो आसुसारी जीवन बाहेक मसँग कुनै उपहार त छोइन तर पनि यि मेरा भाबनाका उकुस् मुकुस् भयका ब्यक्त गर्न नसक्ने माया अनि सम्झनाको कोसेली मेरो बाबा प्रती समर्पन गर्न चाहन्छु ।
सुनेथे हासै हासोको फुलबारीमा रमाउने जीवन भन्दा दुख्मा रमाउने जीवन नै परिपक्क को जीवन हो रे । शायद तेसैले पनि हुन सक्छ सुखमा भन्दा बदी दुःèम नै रमाउने बानी परे जस्तो लाग्छ । यो आजको (पुष २१) ले मेरो यो आँखाको परेलिमा आसुका थोपहरु थपे पनि मेरो बाबाको मनले शान्ति मिलोस् भनि प्रथाना गर्न चाहन्छु ।

अन्तमा, सुनेको थिय मैले त बिछोड पछीको मिलन राम्रो अनि सान्दर्भिक हुन्छ रे तर त्यो पनि होइन रहेछ जीवन त मिलन पछिको बिछोड अजम्ब्री अनि सधैंको लागि यि हाम्रा धद्कन बनी छुदा रहेछन यि घायल मुटुमा अनि अजम्बृको नाता बन्दा रहेछन यो दुईदिने यात्रामा ।