खै आज नै परेछ पुष २१ गत्ते पनि, लाग्छ मलाई मेरो बाबाको काखमा लदिबुढी गरी खेलेको तर किन आज म यस्तो कुराहरुबाट टाढा धेरै टाढा हुँदैछु । अफसोच भन्नु पर्ला म अनि हाम्रो परिवारलाई छोडेर उहाको संसारमा रमाउनु भयको पनि ५ बर्ष भयछ । जिन्दगीको उकाली ओरलिहरुमा यो आसुसारी जीवन बाहेक मसँग कुनै उपहार त छोइन तर पनि यि मेरा भाबनाका उकुस् मुकुस् भयका ब्यक्त गर्न नसक्ने माया अनि सम्झनाको कोसेली मेरो बाबा प्रती समर्पन गर्न चाहन्छु ।
सुनेथे हासै हासोको फुलबारीमा रमाउने जीवन भन्दा दुख्मा रमाउने जीवन नै परिपक्क को जीवन हो रे । शायद तेसैले पनि हुन सक्छ सुखमा भन्दा बदी दुःèम नै रमाउने बानी परे जस्तो लाग्छ । यो आजको (पुष २१) ले मेरो यो आँखाको परेलिमा आसुका थोपहरु थपे पनि मेरो बाबाको मनले शान्ति मिलोस् भनि प्रथाना गर्न चाहन्छु ।
अन्तमा, सुनेको थिय मैले त बिछोड पछीको मिलन राम्रो अनि सान्दर्भिक हुन्छ रे तर त्यो पनि होइन रहेछ जीवन त मिलन पछिको बिछोड अजम्ब्री अनि सधैंको लागि यि हाम्रा धद्कन बनी छुदा रहेछन यि घायल मुटुमा अनि अजम्बृको नाता बन्दा रहेछन यो दुईदिने यात्रामा ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment