Monday, January 19, 2009

म मान्छे

कसैको कल्पना सम्झेर कल्पेको त होइन
बेदनाको भारी बोकेर हिंडे जस्तो त लाग्दैन
तर खै किन हो किन आज आसु झरे झै भयो
यो मन यक्कासी यकान्तमा गयर रोइ दिऊ दिऊ झै लाग्यो ।


आमाको काखमा हुर्केर बदेको म मान्छे
समाजमा खेली हात्तेमालो गरिरहेको म मान्छे
दु;ख र बेदनामा हास्न जानेको म मान्छे
तर खै किन हो किन आज बेदना नै भारी भारी भयो
त्यही साथ पायको समाज वीरसी दिऊ दिऊ झै लाग्यो ।।


सबैलाई आश्व्सन अनी भरोसा प्रदान गर्ने म मान्छे
अरुको दु:ख सुखमा साथ दिइ सहजता प्राप्त गर्ने म मान्छे
आसु र हसोभित्रको छाल्मा पोउदियको म मान्छे
तर खै किन हो किन आज,त्यही छाल पासो पासो झै भयो
अनि सबैलाई वीरसियर टाढा टाढा भाई जाऊ झै लाग्यो ।।।


संसारलाई हात्तेमालो गरी अगाडि वडाउने म मान्छे
जीबनको गोरेटोमा सबैलाई योगदान गर्ने म मान्छे
आज जीबन देखि नै हार खायको देख्दा
मेरो हावा रुपी प्राणा नै त्यगी दिऊ दिऊ झै लाग्यो
खै किन हो किन आज
मलाई पनि सबै आसु सुकाइ दिऊ दिऊ झै लाग्यो ।।।।


राई

No comments:

Post a Comment