Friday, February 6, 2009

श्रीसँगको एक पल

"यस्तो पनि हुदो रहेछ जिन्दगीमा कहिलेकाही"
यही गीत जस्तै चल्दैछ हाम्रो जिन्दगी । कति सुन्दर अनि अकल्पनिए जिन्दगी छ हाम्रो हगी।यस्तो लाग्छ कि कहिलेकही त बर्सोउ नै चिन्ता बिना बसोउ जस्तो । खै सम्झेर ल्याउदा घरी घरी यो मन उराठीएर आउछ त कहिले यस्तो लाग्छ यो एउटा ज्यान हावासारी उडेर त्यही हावासँग बहकीन मन लाग्छ । कुरा हिजो आजको हो मेरो दोस्त भन्नु पर्ला मिस्टर श्री कृष्ण घले जी सधैं झै डिउटी पूरा गरी आउनु भयो अनि सधैं झै च्याटमा रमाउनु हुँदै थियो ।खुशी लग्थियो उन्को हासो देखेर म घरी घरी हेर्थे अनी मन मनमा मुस्कौदै यता ऊता गरी मेरो बेड्मा पल्टिन्थे । थाहा थियो उनी एउटा च्यटीन साथी सँग रमाइरहेको थियो । च्यटीग त एउटा नयाँ नाता जोडने बाहानाको मध्याम हो तर उन्को लागि त जीबन साथीको निर्णय गर्ने च्याट पो बनीदियो ।जीवनको मोड्मा हिड्दै जादा उन्ले त मेरो अगाडि नै कसम अनि कहिले नछुट्ने बाचा झै मोबाइल लिएर फोन गर्न थाल्यो ।
म अचम्भित भए ।सुनेथे माया भनेको कुरा सोचेर लाउनु पर्छ तर त्यो होइन रहेछ मान्छेहरु त रुप अनि बोइसमा नै प्रेम गर्दा रहेछन । पोइसा पनि एउटा यही कुरो रहेछ जहाँ मायाको भाषा अल्झेको हुदो रहेछ । धेरै बेर उनीलाई मेरो साथीलाई हेरे अनी सोचे जीवन साचै सफलताको पछाडी हिड्दा रहेछन । उनको हासोमा मैले पनि मुस्कान थपे एउटा साथीको नाताले म बस् भन्न चाहन्थे पोइसा तेसै नफाल त्यो त छेनिक हो तर म त्यो पनि भन्न सकिन बस् हासीरहे हासीरहे .................।